सलमान खानको फिल्म टाइगर जिन्दा हे ले १० दिनमा कति कमायो ?

0

पुष १८, बक्स अफिसमा सलमान खानको फिल्म टाइगर जिन्दा है को कमाई जारी छ । नयाँ सालको पलिलो दिन रिलिज भएको १० दिनपछि यो आकडा २५४.७५ मा पुगेको छ । त्यसो त उनको फिल्मले नयाँ वर्षमा ३०० को आकडा छुने अनुमान गरिएको छ । तरुण आदर्शले ट्वीट गरेर टाइगरको कमाइको जानकारी दिएका छन् । यसमा बक्स अफिसको शानदार कलेक्शनलाई तरुण आदर्शले रकिङ भएको बताएका छन् । फिल्मले पहिलो हप्ता २०६ करोड रुपैयाँ कमाएको थियो । दोस्रो हप्ताको पहिलो दिन अर्थात शुक्रवार यो फिल्मले ११.५६ करोड रुपैयाँ शनिवार १४.९२ करोड रुपैयाँ, आइतवार २२.२३ करोड रुपैयाको कमाइ गरेर २५४.७५ करोडका जम्मा कलेक्शन गरेको छ ।
टाइगर जिन्दा हेको धमाकेदार कलेक्शनमा चलिरहदा सलमानको कयौं फिल्मको लाइफटाइनम कलेक्शनको रेकर्ड टुटेको छ । ५ दिनमा १७३.०७ करोड रुपैयाको कमाइ कर सलमान खानको फिल्मले दवंग २(१५८ करोड) ट्युबलाइट(१४२ करोड) बडीगार्ड(१२१ करोड) दबंग(१३८.८८) करोडको कमाइ रेकर्ड तोडेका हुन् ।

Share.

Leave A Reply