play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई बेलायको भिसा पाउन कठिन

0

१७ पुस– पछिल्लो समयकी हट एण्ड हिट अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई बेलायको भिसा पाउन कठिन भएको छ । पहिलो पटक ‘भिसा रिजेक्ट’ भएपछि दोस्रो पटक फेरी प्रयास गरेकी साम्राज्ञीलाई बेलायतले फेरी पनि भिसा दिन अस्वीकार गरेको हो । ‘इन्टु मिन्टु लन्डनमा’ चलचित्रको छायाँकनका लागि बेलायत जान भिसा आवेदन दिएकी शाहलाई बेलायतले पत्याइरहेको छैन । हालै ‘ए मेरो हजुर २’को प्रिमियरका लागि अष्ट्रेलिया पुगेर फर्किएकी उनलाई बेलायतले के कारणले पत्याउन नसकेको हो त्यो भने खुलेको छैन ।
पुरै छायाँकन बेलायतमा गरिने भनिएको यो चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’ साम्राज्ञीको भिसाका कारणले सुरु हुन सकेको छैन । शाह केही दिन अगाडि दोस्रो पटक भिसाका लागि भारतस्थित बेलायती दूतावास पुगेकी थिइन् । चलचित्र छायाँकनका लागि निर्देशक रेनेसा राई र कलाकार धिरज मगर भने बेलायतमा रहेका छन् ।

Share.

Leave A Reply