play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

दक्षिण भारतका सुपरस्टार अभिनेता रजनीकान्तले गरे नयाँ पार्टी बनाउने घोषणा

0

पुस १६, दक्षिण भारतका सुपरस्टार अभिनेता रजनीकान्तले आफ्नो प्रशंसकका अगाडि राजनीतिमा आउने घोषणा गरेका छन् । रजनीकान्तले तमिलनाडुमा अब हुने विधानसभा चुनावमा नयाँ पार्टी बनाएर भाग लिने बताएका हुन् ।रजनीकान्तले आफू कायर नभएको बताउँदै जस्तोसुकै प्रतिकुल अवस्था आए पनि पछि नहट्ने दाबी गरे।रजनीकान्तले आफ्ना समर्थकहरुलाई पनि राजनीतिमा होमिएर गाउँको गल्ली गल्लीमा जान आव्हान गरेका थिए।
प्रदेशको लोकप्रिय मुख्यमन्त्री जयललिताको निधन पछि त्यहाँको राजनीतिमा अस्थिरता आएको छ। जयललिताको निधन पछि नै रजनीकान्त राजनीतिमा आउन सक्ने अडकलवाजी भइरहेको थियो। ६७ वर्षिय रजनीकान्तले २०२१ मा हुने विधानसभा चुनावमा उनको नयाँ पार्टीले सबै २३४ सीटमा उम्मेदवारी दिने पनि घोषणा गरे।तामिल नाडुको राजनीतिमा पहिलेदेखि नै सिनेमाका चर्चित अभिनेताहरुको दबदबा रहँदै आएको छ। स्व जयललिता पनि आफ्नो समयको चर्चित अभिनेत्री थिइन्। त्यसैले पनि उनको स्थान लिनलाई सिनेमाका पर्दामा संधै जनताको रक्षक बनेर देखा पर्ने सुपरस्टार रजनीकान्त सक्षम हुने विश्वास आम मानिसलाई छ।

Share.

Leave A Reply