play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

स्वास्थ्य सचिवमा डा. पुष्पा चौधरी नियुक्त

0

१३ पुस, सरकारले स्वास्थ्य सचिवमा डा. पुष्पा चौधरीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को आज बसेको मन्त्रालयकी प्रमुख विशेषज्ञ रहेकी चौधरीलाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।स्वास्थ्य सचिवका लागि चौधरीसँगै प्रमुख विशेषज्ञद्धय डा. विनोदमान श्रेष्ठ तथा डा. सुशीलनाथ प्याकुरेल पनि दाबेदार थिए । चौधरी स्वास्थ्य सचिव बनेकी हुन् । डा. चौधरी स्वास्थ्य सचिव भएसँगै स्वास्थ्य मन्त्रालयमा विगत तीन सातादेखि रिक्त रहेको स्वास्थ्य सचिव पदपूर्ति भएको छ ।डा. किरण रेग्मीले गत मंसिर १८ गते अनिवार्य अवकास पाएसँगै स्वास्थ्य सचिव पद रिक्त थियो । वरियतामा पहिलो नम्बरमा रहेकी डा. पुष्पाले निमित्त सचिवको कार्यभार सम्हाल्दै आएकी थिइन् ।

Share.

Leave A Reply