play_circle_outline On Air

गृह बाटिका

play_circle_outline On Air

गृह बाटिका

संक्रमणकाल अन्त्य गर्नु नै वर्तमान सरकारको सफलता भएको प्रधानमन्त्री देउवाको भनाइ

0

पुस ११– प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा संक्रमणकालको अन्त्य गर्नु नै काँग्रेस नेतृत्वको सरकारको सफलता भएको बताउनुभएको छ ।आज सौराहामा आयोजित १४ औं चितवन हात्ती महोत्सवको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सत्तामा रहेपनि नरहेपनि देश र जनताको पक्षमा काँग्रेस सधै रही रहने बताउनुभयो । उहाँले पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको अंगको रुपमा लिने बताउनुभयो । उहाँले हात्ती महोत्सवले समग्र देशलाई नै अन्तराष्ट्रिय स्तरमा प्रवद्र्धन गर्नमा सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।यस्तै प्रधानमन्त्री देउवाले नारायणगढ–मुग्लिन सडक खण्ड अहिलेसम्म पनि नबन्दा आफू दुखित भएको भन्दै छिट्टो निर्माण गर्न निर्माण कम्पनीहरुलाई निर्देशन समेत दिनुभयो ।

Share.

Leave A Reply