play_circle_outline On Air

गृह बाटिका

play_circle_outline On Air

गृह बाटिका

नेपालमै सिटामोल उत्पादन सुरु हुने

0

पुस ११, सरकारले आगामी माघ दोस्रो साताबाट सिटामोल उत्पादन गरी बजारमा लैजाने तयारी गरेको छ । नेपाल औषधि लिमिटेडले मंगलबार पत्रकार सम्मेलन गरी आगामी माघ दोस्रो साताबाट सिटामोल उत्पादन गरी बजारमा लैजाने तयारी भइरहेको जानकारी गराएको हो ।पत्रकार सम्मेलनमा बोल्दै कम्पनीका महाप्रबन्धक डा.रोभसकुसम सुवेदीले आगामी माघ दोस्रो साताबाट सिटामोल उत्पादन गरी बजारमा लैजाने तयारी भइरहेको जानकारी दिए । उद्योग मन्त्रालयले सिटामोल उत्पादनको काम एक वर्ष अघि नै सुरु गर्न कम्पनीलाई निर्देशन दिएको थियो । तर बजेट अभावका कारण एकवर्ष अघि सिटोमोल उत्पादनको काम अघि बढाउन नसकिएको पनि कम्पनीका महाप्रवन्धक सुवेदीले स्पष्ट पारे ।कम्पनीले जीवन जल उत्पादन गर्दै आएको छ । महाप्रबन्धक सुवेदीले विनियोजित बजेटअनुसार नयाँ–नयाँ औषधी उत्पादनको काममा तीव्रता दिने योजना पनि अघि सारेका छन् ।

Share.

Leave A Reply