play_circle_outline On Air

गृह बाटिका

play_circle_outline On Air

गृह बाटिका

काठमाडौं महानगरपालिकाका मेयर र उपमेयरबीच विवाद चर्किदो

0

पुस ११, काठमाडाैं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले पूरातत्व विभागको स्विकृतिविना नै मेयर विद्यासुन्दर शाक्यले रानीपोखरीमा कंक्रिट संरचना बनाउन सुरु गरेको आरोप लगाएकी छिन् । उपमेयर खड्गीले काठमाडौं उपत्यकाको सम्पदा नै लोप हुनेगरी निर्माण गर्न लागिएको रानीपोखरीको कंक्रिट संरचना निर्माणको काम अघि बढाउन नदिने दावी समेत गरिन् । आज विहान रानीपोखरीको अवलोकन गरेपछि उनले संचारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै विज्ञहरुसँग छलफल गरेर मात्रै रानीपोखरी पुनर्निर्माणको काम अघि बढने पनि स्पष्ट पारिन् ।
उनले रानीपोखरी निर्माणको सम्बन्धमा मेयर शाक्यले आफूसँग सामान्य परामर्श समेत गर्न नचाहेको पनि बताइन् ।उपमेयर खडगीले पूरातत्व विभागको स्विकृतिविना कुनै पनि सम्पदा पुनर्निर्माणको काम अघि बढाउन नमिल्ने दावी समेत गरिन् ।उपमेयर खड्गीले मेयर शाक्य आफू एक्लै अघि बढन खोजेको भन्द्रै आपत्ति पनि जनाइन् ।

Share.

Leave A Reply