पुस १०, जाम्बिायाको राजधानी लुसाकामा यस महिनाको शुरुदेखि हैजाका कारण कैयौं नागरिकको ज्यान गएको छ । यसबाट गएको तीन हप्तामा कम्तीमा पनि २९ जनाको मृत्यु भएको जनाइएको छ । हैजाको सङ्क्रमण भएका थप सयौँ जना विरामी अस्पतालको सम्पर्कमा आउने क्रम रोकिएको छैन । स्वास्थ्य मन्त्रालयले योसँगै हैजाबाट प्रभावित भएकाहरुको संख्या करिब एक हजार पुगेको जनाएको छ ।फोहोर पानी, वातावरण र प्रदुषित खानाका कारण लाग्ने यो रोगबाट गत अक्टोबरदेखि अहिले सम्म २९ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले सोमबार जनाएका छन् ।
हैजाको प्रकोप फैलिने खतरा रहेकोले गम्भीर रुपमा यसको निराकरणका कार्यहरु गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।अहिले सैयौँ विरामीले अस्पतालमा उपचार गराइरहेका छन् । विश्व स्वास्थ्य संगठनले आगामी दिनमा पनि झाडापखालाको प्रकोप अझ बढ्न सक्ने चेतावनी दिएको छ । संगठनले वर्षा याममा यस्ता विरामी बढ्ने तर्फ ध्यानाकर्षण पनि गराएको छ ।
जाम्बियामा हैजाबाट २० जनाको मृत्यु
0
Share.