play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

भरतपुर अस्पतालमा प्रसूति गराउन आउनेमा अकस्मात समस्या, कारणको खोजी गरिँदै

0

पुस ०७,
प्रसूतिका लागि पहिलो रोजाइका रुपमा रहेको चितवनको सरकारी अस्पताल भरतपुर अस्पतालमा प्रसूति गराउन आएका महिलाहरुमा एकाएक समस्या आउने र मृत्यु समेत हुन थालेपछि कारणको खोजी गर्न थालिएको छ ।
चालु आवमा प्रसूति गराउन आएका छजना महिलाको मृत्यु भइसकेको छ, जसमध्ये पाँच जनाको शल्यक्रियापछि मृत्यु भएको हो । गएको महिनामा मात्रै दुईजनाको मृत्यु भएको अस्पतालले जनाएको छ ।
भरतपुर अस्पतालका प्रसूति रोग विभाग प्रमुख डा सुनिलमणि पोखरेल मृत्यु भएकामध्ये तीनजना मुटुको समस्याका कारण र अन्य तीनजनालाई अकस्मात शरीरका विभिन्न अंगहरुले काम गर्न छाडेर मृत्यु भएको बताउनुहुन्छ । दैनिक १० देखि १२ वटासम्म प्रसूतिको शल्यक्रिया हुने अस्पतालमा एकाएक समस्या देखिएको उहाँले बताउनुभयो ।
पोखरेलका अनुसार शल्यक्रिया गरेको छ÷सात घण्टापछि बिरामीको शरीरमा किटाणु प्रवेश गरेर मिर्गौला, कलेजोलगायतका महत्वपूर्ण अंगहरुले काम गर्न छोड्दै जाने र मृत्युसमेत हुने गरेको छ ।
गएको मंसिरमा मात्रै तीनजनामा यस्तो समस्या आएकामा एक जनालाई बचाउन सकिएको र अन्य दुई जनाको मृत्यु भएको उहाँले बताउनुभयो । यसलगत्तै अस्पतालले औषधि व्यवस्था विभाग र परिवार स्वास्थ्य महाशाखालाई पत्राचार गरी अवस्थाको बारेमा जानकारी गराएको उहाँले बताउनुभयो ।
सरकारले निःशुल्क उपलब्ध गराउने तिनै औषधि अन्य बिरामीलाई पनि प्रयोग गरिरहेकाले सलाइनलगायत औषधिका कारण नै समस्या भएको हो होइन एकिन गर्न नसकिने अस्पतालका मेडिकल सुपरिन्टेन्डेण्ट डा रुद्र मरासिनीले बताउनुभयो ।

Share.

Leave A Reply