play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

कर्मचारी नपुग्दा स्थानीय तहको सेवा प्रवाहमा समस्या

0

पुस ०७,
देशभरका अधिकांश स्थानीय तहमा कर्मचारी नपुग्दा स्थानीय तहको सेवा प्रवाहमा समस्या भएको छ । स्थानीय तह निर्वाचन सम्पन्न भएको ८ महिना बितिसक्दापनि कर्मचारी नपुग्दा सेवा प्रवाहमा समस्या आएको हो ।
जिल्लास्थित विषयगत लगायत कार्यालयका झण्डै ५० प्रतिशत कार्यक्रम र बजेट स्थानीय तहमा गएकाले त्यही अनुसारको पर्याप्त जनशक्ति नहुँदा स्थानीय तहको सेवा प्रवाहमा समस्या आएको छ ।
यसअघि स्थानीय तह आफैँले आवश्यक कर्मचारी करार सेवामा राख्न पाउने भए पनि स्थानीय सरकार सञ्चालन ऐनले प्राविधिक कर्मचारीबाहेक अन्य कर्मचारी करार सेवामा भर्ना गर्न नपाउने व्यवस्था गरेको छ । यसले तत्काल स्थानीय तहमा कर्मचारी पूर्ति झनै पेचिलो बन्दै गएको छ ।
स्थानीय तहमा भएको कामका आधारमा देशभर करिब ४१ हजार कर्मचारी आवश्यक पर्ने संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जानकारी दिएको छ ।

Share.

Leave A Reply