play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

डीभी परेर अमेरीका आउने आप्रवासीहरु रद्दीको टोकरीबाट निकालिएका मान्छे भएको राष्ट्रपति ट्रम्पको भनाइ

0

पुष ३ । सुरुदेखि नै डीभी भिसाप्रति आक्रामक रहँदै आएका अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै एफबीआई एकेडेमीको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै भने, ‘तपाईंलाई लाग्छ, डीभी परेर आएका मानिसहरु ती देशका उत्तम मानिसहरु हुन् ? होइन, उनीहरुले रद्दीको टोकरीमा मिल्काएकाहरु डीभी परेर अमेरिका आएका छन् ।’ त्यसोत ट्रम्पले डीभी परेर अमेरिका आउने आप्रवासीहरु खराबभन्दा खराब मानिसहरु रहेको र उनीहरु रद्दीको टोकरीबाट निकालिएका मान्छे भएको बताएका हुन् ।
न्यूयोर्कमा आतंकवादी आक्रमणमा संलग्न मानिस डीभी परेर अमेरिकामा भित्रिएका मानिस भएको खुलासा भएपश्चात ट्रम्पले चिठा पारेर संसारबाट मानिसहरु अमेरिका भित्र्याउने सिस्टमको विरोध गर्दै यसलाई तत्कालै बन्द गर्नुपर्ने बताउँदै आएका छन् ।‘यो कस्तो खालको सिस्टम हो ? उनीहरु चिठ्ठा पारेर हाम्रो देशमा आउँछन् । उनीहरुले खराबभन्दा खराब मानिसहरु दिएका छन् ।’वासिङ्टन पोष्टमा छापिएको समाचारमा ट्रम्पले भनेका हुन्,अमेरिकाले हरेक वर्ष करिव ५० हजार आप्रवासीलाई डीभी चिठ्ठामार्फत् अमेरिका भित्राउँदै आएको छ । डीभी चिठ्ठा कार्यक्रम सुरु भएयता करिव ५५ हजार नेपाली यो कार्यक्रममार्फत् अमेरिका पुगेका छन् ।

Share.

Leave A Reply