पुष ३, पाँच वर्ष मुनिका बालबालिकामध्ये ३६ प्रतिशत बालबालिकाले झाडापखालाको उपचार नपाउने गरेको एक अध्ययनले देखाएको छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ को तथ्याङ्क अनुसार ८ प्रतिशत बालबालिकामा झाडापखालाको समस्या देखिएको छ । जसमध्ये ६४ प्रतिशत बालबालिकाले उपचार पाउने गरेको बाल स्वास्थ्य महाशाखा अन्तर्गतको नवजात शिशु तथा बालरोग एकीकृत व्यवस्थापन कार्यक्रम प्रमुख पर्शुराम श्रेष्ठले बताउनुभयो । बालबालिकामा देखिएको झाडापखालाको समस्या प्रतिशतमा थोरै भएपनि यसलाई सामान्य मान्न नसकिने श्रेष्ठले उल्लेख गर्नुभयो । तथ्याङ्क अनुसार झाडापखाला लाग्दा ३७ प्रतिशतले जीवनजल र १० प्रतिशतले जीवनजल र जींक चक्की दुवै पाउने गरेका छन् । झाडापखाला लाग्दा ५ प्रतिशत बालबालिकाले कुनै प्रकारको झोलिलो खानेकुरा तथा ९ प्रतिशतले पोषिलो खानेकुरा खान नपाएको सर्वेक्षणले देखाएको छ । यही ५ र ९ प्रतिशत नै आफुहरुको लागि चुनौतीको विषय भएको श्रेष्ठको भनाई छ । झाडापखाला लाग्दा झोलिलो तथा पोषिलो खानेकुरा खान नपाउँदा त्यसले कडा खालको कुपोषण हुने र मृत्यु समेत हुन सक्ने उहाँले बताउनुभयो ।
३६ प्रतिशत बालबालिकाले झाडापखालाको उपचार नपाउने गरेको एक तथ्यांक सार्बजनिक
0
Share.