play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

अन्यौलता बढ्यो सरकार निर्माण र संघीय संसदको बैठक आब्हान प्रक्रियामा

0

मंसिर २९,
राष्ट्रियसभा गठन सम्वन्धी कानूनको अभावमा सरकार निर्माण  र संघीय संसदको बैठक आब्हान प्रक्रियावारे अन्यौल बढेको छ । संसदमा दलहरुबीच सहमति नभएपछि सरकारले राष्ट्रियसभा निर्वाचन सम्वन्धी अध्यादेश राष्ट्रपति समक्ष पठाएको थियो । तर राष्ट्रपतिबाट अध्यादेश स्विकृत नभएका कारण संवैधानिक जटिलता थपिएको छ ।
निर्वाचनको परिणाम सार्वजनिक भैसक्दा समेत राष्ट्रियसभा गठन नभै सरकार गठन गर्न मिल्ने वा नमिल्ने बिषयमा बहस चलिरहेको छ । संविधान बमोजिम प्रतिनिधिसभामा बहुमत प्राप्त दलको नेतालाई राष्ट्रपतिबाट प्रधानमन्त्री नियुक्ति गर्ने व्यवस्था छ । तर संसदमा  ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न राष्ट्रियसभा चुनाव नभै समानुपातिक तर्फका सांसदको चयन गर्न नमिल्ने र सरकार गठन प्रकृया पनि अघि बढ्न नसक्ने एकथरी संविधानविद्को भनाइ छ । अध्यायदेशको अभावमा नयाँ सरकार गठन प्रक्रिया अबरुद्द नभएपनि संघीय संसदको बैठक बोलाउने सहित संसदीय प्रक्रियामा प्रभाव पर्ने संविधानविद् सुर्य ढुङ्गेलको बुझाई छ ।
संविधानले निर्वाचनको अन्तिम परिणाम आएको एक महिना भित्र संघीय संसदको बैठक बोलाउनुपर्ने ब्यवस्था गरेको छ । राष्ट्रपति कार्यालय श्रोतले भने अध्यादेशका संवैधानिक र कानूनी जटिलता बारे राष्ट्रपतिले अध्ययन र परामर्श गरिरहनुभएको जनाएको छ । सरकारले पेश गरेको अध्यादेश राष्ट्रपतिले स्विकृत गर्नुपर्ने र अध्यादेशमा संवैधानिक र कानूनी जटिलता देखिए राष्ट्रपतिले पुन मन्त्रिपरिषद्मै पठाउने परम्परा छ ।

Share.

Leave A Reply