play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

अन्तर्राष्ट्रिय ह्विल चेयर क्रिकेटमा नेपालले भारतलाई ६५ रनले हरायो

0

मंसिर २९ – काठमाडौंमा भइरहेको अन्तर्राष्ट्रिय ह्विल चियर क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो खेल जितेको छ । आज भएको खेलमा नेपालले भारतलाई ६५ रनले हराएको हो ।नेपालले दिएको १ सय ५२ रनको लक्ष्य पछ्याएको भारत १४ ओभरमा ७ विकेटको क्षतिमा ८६ रनमा समेटियो । टस हारेपछि पहिलो व्याटिङ गरेको नेपालले १४ ओभरमा ४ विकेट गुमाउँदै १ सय ५१ रन बनाएको थियो । नेपालका लागि नविन राइले ५० रन बनाए भने विपित पौड्यालले २५ तथा राजु गुरुङले २३ रन बनाए । यम बहादुर श्रेष्ठ र विष्णु अधिकारीले भारतको २–२ विकेट लिए ।आजै भएको पहिलो खेलमा भारत बंगलादेशसँग पनि ६ विकेटले हारेको थियो । नेपाल र बंगलादेशबीच फाइनल खेल भोली हुनेछ ।

Share.

Leave A Reply