कामचलाउ सरकारले गरेको निर्णय मान्य नहुने एमाले नेता नेपालको चेतावनी

0

२९ मंसिर । नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपालले कामचलाउ भइसकेको सरकारले गरेको निर्णय मान्न आफूहरु बाध्य नहुने बताएका छन् ।प्रदेश प्रमुख नियुक्तिको तयारीप्रति संकेत गर्दै उनले कुनै नियुक्ति गर्नैपर्ने संवैधानिक वाध्यता भए छलफल गरेर मात्रै निर्णयमा पुग्नुपर्नेमा जोड दिए ।प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले वाम गठबन्धनका बहुमत आइकसेकोले सरकार निर्माणको तयारी शुरु भएको बताए ।
उनले सरकार गठन र नेतृत्वमा कुनै विवाद नभएको दाबी गरे ।यद्यपि, उनले सरकारको नेतृत्व कसले गर्नेभन्नेबारेमा भने केही पनि खुलाएनन् ।जित्नु ठूलो नभएर जीतपछि जिम्मेवारी पुरा गर्ने योग्यता र क्षमता प्रस्तुत गर्नु महत्वपूर्ण कुरा भएको बताए ।

Share.

Leave A Reply