play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

विश्वमा हरेक वर्ष साढे ६ लाख नागरिकको श्वास–प्रश्वासजन्य रोगबाट ज्यान जाने गरेको तथ्य सार्वजनिक

0

मङ्सिर २९, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सार्वजनिक गरेको एक प्रतिवेदनमा विश्वमा हरेक वर्ष साढे ६ लाख नागरिकको श्वास–प्रश्वासजन्य रोगबाट ज्यान जाने गरेको तथ्य सार्वजनिक गरेको छ ।विश्व स्वास्थ्य संगठनले बिहीबार जेनेभामा सार्वजनिक गरेको एक प्रतिवेदनमा विश्वमा हरेक वर्ष कम्तीमा पनि साढे ६ लाख नागरिकको ज्यान जाने गरेको जनाइएको छ ।मौसमी इन्फ्लुएन्जाका कारण श्वासप्रश्वाजन्य रोगको प्रकोप बढ्ने गरेको र यस्तो रोगबाट वर्षेनी ठूलो संख्याका नागरिकको ज्यान जाने गरेको सो प्रतिवेदनमा जनाइएको छ ।यस्तो इन्फ्लुयन्जा वर्षेनी कैयौँ देशमा महामारीका रुपमा देखापर्ने र यसका कारण धेरै मानिसमा संक्रमण पनि हुने गरेको जनाइएको छ ।यस्तो संक्रमणबाट विशेषगरी विश्वका कम आय तथा स्वास्थ्य सुविधा भएका विश्वका तेस्रो विश्वका मुलुकहरु बढी जोखिममा पर्ने गरेको पाइएको छ ।
यसरी इन्फ्लुएन्जाबाट संक्रमित हुनेमा मुटुसम्बन्धी समस्या पनि देखा पर्ने गरेको तथ्य पनि भेटिएको सो प्रतिवेदनमा पाइएको छ ।वातावरणीय प्रदुषण, फोहोर, स्वस्थ्य खानेपानीको समस्याजस्ता समस्या ती देशमा बढी हुने गरेकोले ती देशका नागरिकहरु नै यस्तो समस्याबाट बढी पीडित हुने गरेका पाइएको सो समाचारमा जनाइएको छ ।यस्तो समस्याका कारण विशेषत पाँच वर्ष मुनिका बालबालिकामा पनि निमोनिया, बाथ र मुटुको रोगहरु देखापर्ने गरेको पाइएको पनि उक्त प्रतिवेदनमा देखाइएको छ ।

Share.

Leave A Reply