play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

चितवनको समानुपातिक तर्फको अन्तिम मतपरिणाम सार्वजनिक

0

मंसिर २९– चितवनमा समान्पातिक तर्फको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । समानुपातिकको प्रतिनिधि सभा र प्रदेश सभा तर्फ नेकपा एमाले पहिलो दल बनेको छ भने युवा पुस्तामा चर्चा कमाएको विवेकशील साझा पार्टी चौथो दल बनेको छ ।एमालेले प्रतिनिधि सभा तर्फ ९१ हजार ५ सय ४ मत प्राप्त गरेको छ भने प्रदेश सभा तर्फ ८७ हजार ४ सय १३ मत प्राप्त गरेको छ । यस्तै दोस्रो दल बनेको नेपाली काँग्रेसले समानुपातिकको प्रतिनिधि सभा तर्फ ७९ हजार ५ सय ४४ मत प्राप्त गरेको छ भने प्रदेश सभा तर्फ ७५ हजार ३ सय ६० मत प्राप्त गरेको छ । यसैगरि तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्र प्रतिनिधि सभा तर्फ ३९ हजार ८ सय १३ मत प्राप्त गरेको छ भने प्रदेश सभा तर्फ ४० हजार ६ सय ८७ मत प्राप्त गरेको छ ।त्यसैगरि युवा पुस्तामाझ लोकप्रिय बनेको विवेकशील साझा पार्टीले प्रतिनिधि सभा तर्फ ९ हजार ५ सय २० र प्रदेश सभा तर्फ ९ हजार २ सय ५२ मत प्राप्त गरेको छ । चितवनमा पाँचौ दलको रुपमा राप्रपा (प्रजातान्त्रिक) आएको छ । उसले प्रतिनिधि सभा तर्फ ६ हजार ३ सय ६१ र प्रदेश सभा तर्फ ६ हजार ९ सय मत प्राप्त गरेको छ ।यसैगरि प्रतिनिधि सभा तर्फ समानुपातिकमा ३ वटा दलले एक मत मात्र प्राप्त गरेको छ । चितवनमा कुल ३ लाख ५४ हजार ३६ मतदाता रहेका थिए भने मत सदर भएको थियो ।

कुन दलले कति मत प्राप्त गरे ? प्रतिनिधि सभा तर्फको पुरा विवरण हेर्नुहोस्ः
नेकपा एमालेः ९१५०४
नेपाली काँग्रेसः७९५४४
नेकपा (माओवादी केन्द्र):३९८१३
विवेकशील साझा पार्टीः९५२०
राप्रपा (प्रजातान्त्रिक):६३६१
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट):१८०१
एकीकृत राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राष्ट्रवादी):१७१७
राष्ट्रिय प्रजातन्त्र पार्टीः १६८९
नयाँ शक्ति पार्टी नेपालः १४४८
नेकपा मालेः१०५६
देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालः५९९
राष्ट्रिय जनमोर्चाः४९९
नेपाली जनता दलः३१०
राष्ट्रिय जनता पार्टी नेपाल (राजपा):२६४
संघीय समाजवादी फोरम नेपालः१७६
राष्ट्रिय जनमुक्ती पार्टीः१६१
नेपाल मजदुर किसान पार्टीः१४६
नेपाल दलित पार्टीः ७३
मंगोल नेशनल अर्गनाईजेशनः७२
राष्ट्रिय मुक्ति आन्दोलन नेपालः५२
आम्ल परिवर्तन मसिहा पार्टी नेपालः४२
जनशक्ति नेपालः२७
चुरेभावर लोकतान्त्रिक पार्टीः२०
नेपाल लोकतान्त्रिक जनता काँग्रेसः२०
नेपाली जनता पार्टीः१८
नेपाल संघीय समाजवादी पार्टीः१५
नेपाल नौलो जनवादी पार्टीः१४
नेपाल सुकुम्बासी पार्टी (लोकतान्त्रिक)ः१३
राष्ट्रिय समाजवादी पार्टी नेपालः१२
तामाङसालिङ लोकतान्त्रिक पार्टीः११
नेपाली काँग्रेस (बीपी):१०
नेपाल युवा किसान पार्टीः १०
ग्रीन पार्टी नेपालः९
नेपालवादः८
नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी):६
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चः६
एकल चिन्ह सिपाही लिएकाः५
नेपाद दर्शन पार्टीः५
जनप्रजातान्त्रिक पार्टी नेपालः४
राष्ट्रिय यथार्थबादी पार्टी नेपालः४
नेपाल दर्शन पार्टीः४
हाम्रो पार्टीः३
लिवरल डेमोक्रेटिक पार्टीः३
नेपाल समावेशी पार्टीः२
देशभक्त लोकतान्त्रिक पार्टीः२
देशभक्त समाजः२
संघीय खुम्बुवान लोकतान्त्रिक पार्टीः१
बहुजन शक्ति पार्टीः१
नेपा राष्ट्रिय पार्टीः१
कुन दलले कति मत प्राप्त गरे ? प्रदेश सभा तर्फको पुरा विवरण हेर्नुहोस्ः
नेकपा एमालेः ८७४१३
नेपाली काँग्रेसः७५३०
नेकपा (माओवादी केन्द्र):४०६८७
विवेकशील साझा पार्टीः९२५२
राप्रपा (प्रजातान्त्रिक):६९००
एकीकृत राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राष्ट्रवादी):२२६४
राष्ट्रिय प्रजातन्त्र पार्टीः १६५०
नयाँ शक्ति पार्टी नेपालः १४४९
नेकपा मालेः११३३
देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालः५४०
राष्ट्रिय जनमोर्चाः४३६
राष्ट्रिय जनता पार्टी नेपाल (राजपा):२७५
नेपाली जनता दलः२५२
नेपाल मजदुर किसान पार्टीः२०२
राष्ट्रिय जनमुक्ती पार्टीः१८१
संघीय समाजवादी फोरम नेपालः१५०
नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी):१२१
मंगोल नेशनल अर्गनाईजेशनः९८
राष्ट्रिय मुक्ति आन्दोलन नेपालः८८
आम्ल परिवर्तन मसिहा पार्टी नेपालः६१
नेपाली काँग्रेस (बीपी):४३
चुरेभावर लोकतान्त्रिक पार्टीः४१
नेपाली जनता पार्टीः२६
राष्ट्रिय समाजवादी पार्टी नेपालः२५
ग्रीन पार्टी नेपालः१७
एकल चिन्ह सिपाही लिएकाः१५
जनप्रजातान्त्रिक पार्टी नेपालः११
तामाङसालिङ लोकतान्त्रिक पार्टीः१०
नेपा राष्ट्रिय पार्टीः८
लिवरल डेमोक्रेटिक पार्टीः६
संघीय खुम्बुवान लोकतान्त्रिक पार्टीः३

Share.

Leave A Reply