मंसिर २९ – सरकारले गम्भीर प्रकृतिका रोग लागेका बिरामीलाई जीविकोपार्जन भत्ता दिने तयारी थालेको छ । मदिरा र सुर्तीजन्य पदार्थमा केही प्रतिशत स्वास्थ्य सुरक्षा कर लगाई त्यसबाट उठ्ने रकमबाट गम्भीर प्रकृतिका बिरामीलाई जीविकोपार्जन भत्ता दिने तयारी भएको हो । स्वास्थ्य मन्त्रालयले भत्ताको प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लैजाने तयारी गरेको छ ।यो निर्णय लागू भएमा मिर्गौलाको डायलसिस गराइरहेका, क्यान्सरको किमो लिइरहेका तथा स्पाइनल इन्जुरी भएर प्यारालाइसिस भएका बिरामीलाई मासिक ५ हजार रुपैयाँ जीविकोपार्जन भत्ता पाउनेछन् । क्यान्सरका बिरामीले किमो नसकिँदासम्म, मिर्गौलाका बिरामीले प्रत्यारोपण नगर्दासम्म र स्पाइनल इन्जुरीका कारण प्यारालाइसिस भएका बिरामीले जीवनभर मासिक ५ हजार जीविकोपार्जन भत्ता पाउनेछन् ।
विपन्न नागरिक औषधि उपचार कार्यक्रमअन्तर्गत हालसम्म १ सय ४२ जनाले निःशुल्क मिर्गौला प्रत्यारोपण गराएका छन् भने ४ हजार १ सय ८२ जनाले निःशुल्क डायलासिस र ८८ जनाले पेरिटोलियल डायलासिस गराएका छन् । त्यस्तै, ८ हजार ६ सय ४३ क्यान्सरका बिरामीले उपचार सेवा लिएका छन् ।
सरकारले गम्भीर प्रकृतिका बिरामीलाई मासिक भत्ता दिने तयारी
0
Share.