मंसिर २७,
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहका जनप्रतिनिधिलाई सात दिनभित्र आर्थिक वर्ष २०७३÷०७४ को सम्पत्ति विवरण पेस गर्न निर्देशन दिएको छ । जिल्ला समन्वय समिति तथा स्थानीय तहलाई आज परिपत्र गरी मन्त्रालयले सम्पत्ति विवरण पेस गर्न निर्देशन दिएको हो । मन्त्रालयले जिल्ला समन्वय समिति तथा स्थानीय तहलाई आज परिपत्र गरी भ्रष्टाचार निवारण ऐन, २०५९ तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम सम्पत्ति विवरण पेस गर्न निर्देशन दिएको मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले बताउनुभयो । यसअघि गत असार २८ गते र कात्तिक २४ गते स्थानीय तहका प्रतिनिधिलाई सम्पत्ति विवरण पेस गर्न परिपत्र गरे पनि २० जिल्लाका आंशिकबाट मात्र विवरण राष्ट्रिय सतर्कता केन्द्रको वेबसाइटमा राखिएको थियो । मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले मंगलबार निर्णय गरी सात दिनभित्र विवरण दर्ता गराउन अनुरोध गर्नुभएको छ । सात दिनभित्र विवरण नपठाए कानून बमोजिम कारबाहीको प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ ।
सम्पत्ति विवरण पेस गर्न स्थानीय तहका प्रतिनिधिलाई मन्त्रालयको निर्देशन
0
Share.