play_circle_outline On Air

हेल्लो सिनर्जी

play_circle_outline On Air

हेल्लो सिनर्जी

नारायणगढ रोटरी क्वलले राष्ट्रिय ‘नेपो रोटा मिनी म्याराथन प्रतियोगिता २०१७’ आयोजना गर्ने

0

मङ्सिर २६, नारायणगढ रोटरी क्वलले राष्ट्रिय ‘नेपो रोटा मिनी म्याराथन प्रतियोगिता २०१७’ आयोजना गर्ने भएको छ । खेलकुदमा युवा सहभागिताका लागि क्लबले ‘रन फर हेल्थ एण्ड पिस’ भन्ने नाराका साथ पुष तीन गते म्याराथन प्रतियोगिता गर्न लागेको आज भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराईएको छ । सो मिनी म्यारथन प्रतियोगिता १५ किलोमिटर दुरीको रहने बताईएको छ । प्रतियोगिता पुष तीन गते विहान साढे सात बजे देखि पुर्वि चितवनको रत्ननगर, टाँडिबाटसुरु भै नारायणगढको लिलाचोकमा समापन हुने नेपो रोटा मिनि म्याराथनका संयोजक विज्ञानलाल श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा स–सस्त्र प्रहरी, नेपाल प्रहरी तथा विभागिय टिमहरु सहित देशैभरिबाट एक सय ५० भन्दा बढी धावकहरुको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।
म्याराथनमा प्रथम ५० हजार, दोस्रो २५ हजार, र तृतीय हुनेलाई १५ हजार रुपैयाँका साथै प्रमाण पत्र प्रदान गरिने श्रेष्ठले जानकारी दिनुभयो । यी बाहेक दौड पुरा गर्ने धावकहरुलाई प्रमाण पत्रको व्यवस्था समेत गरिएको छ । सहभागिताको लागि दुई सय रुपैयाँ दर्ता शुल्क समेत राखिएको छ । प्रतियोगिता समपन्न गर्नका लागि दुई लाख ५० हजार रुपैयाँ सम्म लाग्ने नारायणगढ रोटरी क्लवका अध्यक्ष नारायण प्रधानले जानकारी दिनुभयो । कार्यक्रम समपन्न गर्नका लागि ११ वटा उपसमिति गठन समेत गरिएको छ । प्रतियोगिताको मुल संयोजक विज्ञानलाल श्रेष्ठ रहनुभएको कार्यक्रममा नारायण प्रधान र रमेश पौडेल स्वागत सत्कार, रोहितकुमार श्रेष्ठ खाजा व्यवस्थापन, सुमनकुमार श्रेष्ठले मञ्ज व्यवस्थापनको जिम्मेवारी पाउनुभएको छ । त्यसैगरी प्रचार प्रसार संयोजकमा सहनलाल प्रधान, सहभागी व्यवस्थापनमा राजेन्द्र ओली, ट्राफिक व्यवस्थापनमा सञ्जय श्रेष्ठ, पानी व्यवस्थापन सुसनलाल प्रधान, निर्णायक व्यवस्थापन अनुकुल श्रेष्ठ, यातायात व्यवस्थापन इन्द्र रेग्मी र प्रदिप सापकोटा, एम्बुलेन्स व्यवस्थापनमा भोला लामिछाने र डाक्टर रबिन बानियाँ संयोजक रहनुभएको प्रतियोगितामा अरुणकुमार खनाल व्यानर व्यवस्थापको जिम्मेवारी समाल्नुभएको छ । रोटरी डिष्ट्रक्ट ३२९२ का डिष्ट्रक्ट गर्भनर रोटरियन सञ्जय गिरीको प्रमुख अतिथिमा समपनन हुने प्रतियोगितामा मिस नेपाल २०१६ अस्मी श्रेष्ठको विशेष उपस्थिति रहने जनाईएको छ । यस १५ किलोमिटर रहेको म्याराथन प्रतियोगिता चितवनमै पहिलो पटक हुन लागेको आयोजकले दावि गरेको छ ।

Share.

Leave A Reply