play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

गोरखामा सुरु भयो मतगणना, बाबुराम र नारायणकाजी बीच हारजीतको गन्ती सुरु

0

मंसिर २१,
डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठबिच हारजीतको गन्ती सुरु भएको छ । पहिलो चरणको चुनाव भएकोमध्ये सर्वा्धिक चासोपूर्वक हेरिएको गोरखा क्षेत्र नम्बर २ को मतगणना बेलुकी ५ बजेदेखि सुरु भएको हो ।
चुनावी प्रतिस्पर्धा र त्यसको नतिजा सबैक्षेत्रको उत्तिकै चासो विषय हुने भएपनि गोरखाको क्षेत्र नम्वर २ लाई भने पहिलो चरणमा चुनाव भएकामध्ये देशविदेशमा चासोपूर्वक हेरिएको छ । वाम गठवन्धनमा जोडिन पुगेर पनि त्यहाँबाट अलग्गिएर कांग्रेसको समर्थनमा उम्मेदवार बनेका डा. बाबुराम भट्टराई र वाम गठवन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठबिच चुनावी प्रतिस्पर्धा भएकाले गोरखा क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभामा यी दुईमध्ये को चुनिएलान् भन्ने चासो र चिन्ता सबैतिर छ ।

Share.

Leave A Reply