play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

पहिलो चरणमा निर्वाचन भएका अधिकांश जिल्लामा मतगणना सुरु

0

मंसिर २१,
पहिलो चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएका ३२ जिल्लामध्ये अधिकांसमा साँझ ५ बजेदेखि मतगणना सुरु भएका छन् ।
अहिले मुस्ताङ, मनाङ, बैतडी र बाजुरामा मतगणना कार्य सुरु भएको सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृतका कार्यालयहरुबाट जानकारी प्राप्त भएको छ ।
जिल्ला निर्वाचन कार्यालय मुस्ताङका प्रमुख सीताराम शर्मा लामिछानेकाअनुसार कुल ९ हजार ४२७ मतदाता रहेको मुस्ताङमा ६ हजार ७१४ मत खसेको थियो ।
त्यसैगरी, कुल पाँच हजार ८८१ मतदाता रहेको मनाङमा चार हजार ३३८ मतदाताले मतदान गरेका थिए । बैतडीमा ७६ हजार ३४३ मत खसेको थियो । करिब ८० प्रतिशत मत खसेको बताइएको बाजुरामा ५२ हजार ९४५ मतको गणना गर्नुपर्नेछ ।

Share.

Leave A Reply