play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

दोस्रो चरणमा आज भएको मतदानमा ६७ प्रतिशत मत खस्यो

0

मंसिर २१,
आज भएको दोस्रो चरणको मतदानमा ६७ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । मतदानको समय सकिएपछि केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर ६७ प्रतिशत मत खसको प्रारम्भिक जानकारी दिएको हो ।
प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवका अनुसार खसेको मतको संख्या बढ्न सक्ने बताउनुभएको छ । आयोगले सबैभन्दा बढी मत गुल्मीमा ७८ प्रतिशत मत खसेको जनाएको छ ।
आयोगले शन्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको जनाएको छ । चिसोको प्रर्वाह नगरी मतदानमा भाग लिएको भन्दै आयोगले मतदातालाई धन्यवाद दिएको छ । भोलि बिहानसम्म सबै क्षेत्रमा गणना सुरु हुने प्रमुख आयुक्त यादवले बताउनुभयो ।

Share.

Leave A Reply