play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

३ बजेसम्म ५० प्रतिशत मतदानः निर्वाचन आयोग

0

मंसिर २१,
दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको आजको निर्वाचनमा अपरान्ह ३ बजेसम्म ५० प्रतिशत मतदान भइसकेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता नवराज ढकालका अनुसार अहिले सबै मतदान केन्द्रमा शान्तिपूर्ण एवं उत्साहजनक रुपमा मतदान कार्य सञ्चालन भइरहेको छ । दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि २५६ निर्वाचन क्षेत्रका गरी सात हजार ७५२ मतदान स्थलका १५ हजार ३४४ मतदान केन्द्रमा मतदान भइरहेको छ ।
आज बेलुका ५ बजेभित्र मतदान केन्द्रमा प्रवेश गरिसकेका मतदाताले मतदान गर्न पाउने व्यवस्था रहेको छ । पहाडी तथा तराईका गरी ४५ जिल्लामा आज सञ्चालन भइरहेको निर्वाचनमा कूल १ करोड २२ लाख ३५ हजार ९९३ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन् ।

Share.

Leave A Reply