play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

चितवनको कुन ठाउँ कुन निर्वाचन क्षेत्रमा, मतदाता कति ?

0

मंसिर २१,
चितवन जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा राप्ती, खैरहनी र रत्ननगर नगरपालिका परेको छ । यस्तै क्षेत्र नं २ मा कालिका नगरपालिका, इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ७, १०, ११, १२ र २९ वडा समेटिएको छ । निर्वाचन क्षेत्र नम्बर ३ मा माडी नगरपालिका र भरतपुर महानगरपालिका वडा नम्बर ६, ८, ९ तथा १३ देखि २८ नम्बरसम्मका वडा समेटिएको छ ।
जिल्लामा मतदाता संख्या तीन लाख ५४ हजार ३६ रहेको छ । जसमा एकजना तेस्रोलिंगी पनि छन् । कार्यालयका अनुसार एक लाख ८४ हजार ६८ जना महिला र एक लाख ६९ हजार ९६७ जना पुरुष मतदाता रहेका छन् ।
जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख १९ हजार ९९८ मतदाता छन् । यस्तै क्षेत्र नम्बर २ मा एक लाख आठ हजार २१९, क्षेत्र नम्बर ३ मा एक लाख २५ हजार ८१८ मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरि ढकालले जानकारी दिनुभयो ।

Share.

Leave A Reply