play_circle_outline On Air

तपाइको गित हाम्रो संगीत

play_circle_outline On Air

तपाइको गित हाम्रो संगीत

डब्लुसिएलस् २०१३ यता पहिलो पटक खेल्दै नेपाल र युएई, टस हारेर ब्याटिङ गर्दै नेपाल

0

मंसिर २०, आइसीसी वर्ल्ड क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसीप अन्तर्गत अन्तिम चरणको पहिलो खेलमा नेपालले अहिले युएईसँग खेलिरहेको छ। आबुधावीस्थित शेख जायद क्रिकेट स्टेडियममा टस हारेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको छ। उपकप्तान ज्ञानेन्द्र मल्ल र दीलिप नाथले नेपालको ओपनिङ सम्हालेका छन्। फास्ट बलर ललित सिंह ऐरीले यसै खेलमार्फत नेपालका लागि डेब्यु गर्दैछन्। अलराउण्डर सागर पुन, र दिपेन्द्र सिंह ऐरी तथा फास्ट बलर करण केसी आजको खेलमा खेलेका छैनन्।

नेपाली टोलीमा पारस खड्का ९कप्तान०, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, विनोद भण्डारी, बसन्त रेग्मी, शक्ति गौचन, सोमपाल कामी, सागर पुन, करण केसी, दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, दिलिप नाथ, ललित भण्डारी र आरिफ शेख रहेका छन ।

 

नेपाल र युएई यसअघि नै शीर्ष चारको होडबाट बाहिरिँदै डिभिजन टू मा झरिसकेका कारण उक्त खेल प्रतिष्ठाको लागि हुनेछ।

नेपालले युएईसँग खेल्नुअघि अमेरिका र केन्यासँग अभ्यास खेलेको थियो। जसमा नेपाल अमेरिकासँग हारेको थियो भने केन्यालाई पराजित गरेको थियो।

Share.

Leave A Reply