play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

आइसीसी वर्ल्ड क्रिकेट लिग अन्र्तगत नेपाल र युएइ भोलि भिड्दै ÷ खेल आइसीसीले प्रत्यक्ष प्रसारण गर्ने

0

मंसिर १९, आइसीसी वर्ल्ड क्रिकेट लिग डब्लुसिए च्याम्पियनसीप अन्तर्गत अन्तिम चरणको पहिलो खेलमा नेपालले भोलि बुधबार युनाइटेड अरब इमिरेट्स (यूएई) सँग खेल्दैछ।
आबुधावीस्थित शेख जायद क्रिकेट स्टेडियममा हुने उक्त खेल उक्त खेलको आइसीसीले प्रत्यक्ष प्रसारण गर्ने भएको छ। आइसीसीले जारी गरेको प्रेश विज्ञप्तीमा नेपाल र यूएइबीचको खेल आइसीसीको अफिसियल वेबसाइटमार्फत प्रत्यक्ष प्रसारण गरिने उल्लेख छ।
नेपाल र युएइबीचको खेल नेपाली समय अनुसार बिहान ११ बजेर १५ मिनेटमा सुरु हुनेछ। युएईसँग खेल्नुअघि अमेरिका र केन्यासँग अभ्यास खेल खेल्न नेपाली टोली एक साता अघि नै युएइ पुगेको थियो। अभ्यास खेलमा नेपाल अमेरिकासँग हारेको थियो भने केन्यालाई पराजित गरेको थियो ।
नेपाल र युएइ यसअघि नै शीर्ष चारको होडबाट बाहिरिँदै डिभिजन टू मा झरिसकेका कारण उक्त खेल प्रतिष्ठाको लागि हुनेछ । डब्लुसिए च्याम्पियनसीपको शीर्ष चारमा रहने टोली वान डे वर्ल्डकप क्वालिफायरका लागि छनोट हुनेछ। नेपाल यसअघिको खेलमा हङकङसँग पराजित भएपछि डिभिजन टू मा घटुवा भएको हो।
नेपाल र युएइसँगै नामिविया पनि डिभिजन टू मा घटुवा भइसकेको छ। यी तीन टिमसँगै केन्या, स्कटल्याण्ड र हङकङ मध्ये एक टोलीले आगामी फ्रेब्रुअरीमा नामिवियामा हुने डिभिजन टू खेल्नुपर्नेछ। त्यस प्रतियोगितामा शीर्ष दुई स्थानमा रहने टिम वान डे वर्ल्डकप क्वालिफायरमा छनोट हुनेछ ।
नेपाली टोलीमा पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, विनोद भण्डारी, बसन्त रेग्मी, शक्ति गौचन, सोमपाल कामी, सागर पुन, करण केसी, दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, दिलिप नाथ, ललित भण्डारी र आरिफ शेख रहेका छन् ।

Share.

Leave A Reply