play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

एभरेस्ट प्रिमियर लिगको तयारी अन्तिम चरणमा

0

मंसिर १९ । एभरेस्ट प्रिमियर लिग (इपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ ।आज राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक इपीएल प्राइभेट लिमिटेड्सले तयारी तीव्ररुपमा अघि बढेको जानकारी दिएको हो ।आगामी पुस ३ गतेदेखि सुरु हुने प्रतियोगितामा नेपालका विभिन्न सहरका ६ टोलीले सहभागिता जनाउँदैछन् ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

Share.

Leave A Reply