play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

आइसीसीलाई बारम्बार जानकारी सहितको पत्र पठाँउदा पनि सन्तुष्ट नभएको क्यानको भनाइ

0

मंसिर १९, अन्तराष्ट्रिय क्रिकेट परिषद आइसीसीलाई आफुहरुले बारम्बार जानकारी सहितको पत्र पठाउदा पनि सन्तुष्ट नहुनु आश्चार्यको विषय भएको निलम्बित नेपाल क्रिकेट संघ क्यानको भनाई छ । आइसीसीले डिसेम्बर २२ भित्र विधान संसोधनको प्रगति विवरणका साथै सम्पुर्ण कागजपत्र पठाउन पुनः निर्देशन दिएपछि क्यान आश्चर्यमा परेको हो ।
आफ्नो सहमति विपरित क्यानले केन्द्रीय निर्वाचनको मिति तोकेको र आफ्नै किसिमले विधान संसोधन गरेको भन्दै आइसीसीले असन्तुष्टी जनाएको छ । साथै आइसीसीले क्यानले अझै चित्त बुझ्दो जवाफ नपठाएमा फेब्रोवरीमा हुने बोर्ड बैठकमा नेपालको सदस्यता खारेज गर्नसक्ने चेतावनी पनि दिएको छ। आइसीसीले क्यानबाट कुन किसिमको जवाफ मागेको प्रष्ट नभएको निलम्बित क्यानका महासचिव अशोकनाथ प्याकुरेलले बताए । क्यानको विवाद समाधानका लागि आइसीसीले आफ्नै पहलमा सल्लाहकार समिति गठन गरेको थियो । समितिले विशेष साधारण सभामार्फत क्यानको नयाँ विधान पारित गरेको थियो । तर सल्लाहकार समितिले सहमति गरे विपरित क्यानको साधारणसभाले विधान संशोधन गरेपछि आइसीसीले संशोधित विधान मान्य नहुने र निर्वाचन पनि अबैधानिक रहेको ठहर गरेको थियो ।

Share.

Leave A Reply