play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

विश्व क्रिकेट लिग च्याम्पीयन्सीप अन्तर्गत नेपाली क्रिकेट टोलीले भोलि युएईसँग खेल्दै

0

जिबन रानाभाट
मंसिर १९, विश्व क्रिकेट लिग च्याम्पीयन्सीपअन्तर्गत आफ्नो अन्तिम चरणको खेलका लागि घरेलु टोली युएईसँग नेपाली राष्ट्रिय क्रिकेट टोलीले भोलि उसैको मैदानमा प्रतिस्पर्धा गर्दै छ ।जारी विश्व क्रिकेट लिग च्याम्पीयन्सीपबाट नेपाल रेलिगेट हुँदै डिभिजन टू मा घटुवा भइसकेको छ ।युएईविरुद्ध हुने खेललाई नेपालले आगामी फेब्रुअरीमा नामिबियामा हुने डिभिजन टू प्रतियोगिताको तयारीका रुपमा लिएको छ । सोे प्रतियोगिताको फाइनल पुग्न सके नेपालले एकदिवसीय विश्वकप क्रिकेटको छनोट प्रतियोगितामा स्थान पक्का गर्ने छ ।
यसअघि नेपाली राष्ट्रिय क्रिकेट टोलीले केन्यासँग र अमेरिका संग अभ्यास खेल खेलेको थियो । अमेरिकासँग ५ विकेटले पराजित भएको नेपाली टोलीले केन्यालाइ भने ६ विकेटले हराएको थियो ।

Share.

Leave A Reply