play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

राष्ट्रिय प्रसारणलाइनमा थपियो १३ मेगावाट

0

१६ मंसिर । मुस्ताङको टुकुचेमा निर्माण भएको थापा खोला जलविद्युत आयोजनाबाट उत्पादित बिजुली हालैबाट राष्ट्रिय प्रसारणलाइनमा जोडिएको छ । यसले उत्पादन थालेसँगै राष्ट्रिय प्रसारण लाइनमा १३.६ मेगावाट थप भएको छ ।माउण्ट कैलाश हाइड्रोपावर निर्माण गरेको यो जलविद्युत् आयोजना गत मंसिर ६ गतेदेखि राष्ट्रिय प्रसारणलाइनमा जोडिएको हो । यसले आफ्नो व्यवसायिक उत्पादन भने मंसिर २१ गते देखि थाल्नेछ ।बिद्युत प्राधिकरणका अनुसार यसले १५ दिन परीक्षणका रुपमा विद्युत उत्पादन गर्दैछ । १५ दिनको परीक्षण उत्पादन पछि यसले आफ्नो कमर्सियल उत्पादन थाल्नेछ ।माउण्ट कैलाश हाइड्रोपावरका सिईओ भरत खड्काका अनुसार यसको लागत २ अर्ब ६० करोड छ । सुरुवातमा २ अर्ब ४६ करोडमा निर्माण गर्ने लक्ष्य लिएपनि समयमै निर्माण कार्य अघि बढाउन नसक्दा १४ करोड रकम थप बढि खर्च भएको थियो ।वर्षातका समयमा यो आयोजनाले १३ मेगावाट उत्पादन गर्ने भएपनि अहिले भने यसले ५ मेगावाट मात्रै उत्पादन गरेको छ ।

Share.

Leave A Reply