play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

अचम्मको क्रिकेट म्याच, १७ ओभरमा जम्मा दुई रन, विपक्षीले जिते पहिलो बलमै

0

१२ मंसिर — क्रिकेटलाई अनिश्चितताको खेल भनिन्छ । क्रिकेट मैदानमा कहिले के रेकर्ड बन्छ र टुट्छ भन्न सकिँदैन । भारतको केरलस्थित जेकेसी कलेज ग्राउन्डमा खेलिएको बीसीसीआईको अन्डर १९ वनडे सुपर लीग म्याचमा अनौठो कीर्तिमान बन्यो ।नागाल्यान्डको महिला टीम जम्मा दुई रनमा अलआउट भयो । अनि केरलाले उसलाई पहिलो बलमै हरायो । नागाल्यान्ड टीमका ब्याट्सवुमनले केरलको घातक बलिङलाई झेल्नै सकेनन् । नागाल्यान्डका नौ खेलाढी खाता नखोलिकनै आउट भए । त्यो टीमले १७ ओभर खेलेर जम्मा दुई रन बनायो । त्यसमध्ये एक रन ब्याट्सवुमन मेनकाले बनाइन् अनि यसका लागि १८ बल खेलिन् । अर्को रन वाइडबाट बन्यो ।केरलले म्याच जित्नका लागि जम्मा तीन रन बनाउनुपर्ने थियो । पहिलो बल नै वाइड भयो र त्यसमा चौका बन्यो अनि केरलले खेल जित्यो । केरलले सबभन्दा कम बलमा जीत हासिल गर्ने कीर्तिमान बनायो ।

Share.

Leave A Reply