play_circle_outline On Air

सिनर्जी हेडलाईनस

play_circle_outline On Air

सिनर्जी हेडलाईनस

महिला क्रिकेट छनोटः आज नेपाल र हङकङ भिड्दै

0

मंसिर ५ – एसिया क्षेत्रको महिला ट्वान्टी-२० विश्वकप क्रिकेट छनोटको दोस्रो खेलमा नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ ।पहिलो खेलमा आयोजक थाईल्याण्डसँग अंक बाँड्न बाध्य नेपाली महिला टोलि आज जितको खोजीमा हुनेछ । थाइल्याण्डको बैंककमा जारी प्रतियोगिताको पहिलो खेल सोमबार वर्षाले रद्द भएपछि नेपालले आयोजक टोलीसँग अंक बाँडेको हो ।खेलमा पहिले ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ९० रन बनाएको थियो । जवाफमा नेपालले ३ ओभर ४ बल खेल्दा कुनै विकेटको क्षति बिना १० रन बनाएको अवस्थामा वर्षा भएपछि खेल रद्द भएको हो ।एसियाको पूर्वी क्षेत्रबाट ६ टोलीले राउड रबिन लिगका आधारमा विश्वकप छनोट खेलिरहेका हुन् ।

Share.

Leave A Reply