play_circle_outline On Air

टप टेन

play_circle_outline On Air

टप टेन

त्रिशूली नदीमा जलखेलकुद प्रतियोगिता हुने

0

मंसिर ४ । ‘नेपाल एशोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज’ (नारा)को आयोजनामा त्रिशूली नदीमा तीनदिने ‘हिमालय ह्वाइटहाउस च्यालेन्ज’ नामक १६औं जलखेलकुद प्रतियोगिता हुने भएको छ ।गत वर्षझैँ मंगलबार (भोलि)देखि बिहीबारसम्म धादिङदेखि चितवनसम्मको त्रिशूली नदीमा उक्त प्रतियोगिता गर्न लागिएको नाराका कोषाध्यक्ष शिशिर खनालले जानकारी दिए । प्रतियोगितामा ‘कायक डाउन रिभर रेश, कायक सेलम, बोस्टर क्रस र फ्रि स्टाइल काइकिङ’ गरिनेछ ।नेपालमा खेलकुद पर्यटनको विकास र प्रवद्र्धन, साहसिक जलयात्रा पर्यटनको विकास, जलयात्रा व्यवसायमा संलग्न ‘रिभर गाइड’ तथा जलखेलाडीको सीप र दक्षता वृद्धि, सहासिक पर्यटन उद्योगको विकास, नेपाललाई संसारको उत्कृष्ट साहसिक जलयात्रा गन्तव्यका रूपमा स्थापित गराउने र सहासिक जलयात्रामार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गर्न लागिएकोे हो

Share.

Leave A Reply