दिमित्रोभले जिते बर्षको अन्तिम टेनिस प्रतियोगिताको उपाधि

0

मंसिर ४ । बुल्गेरियाका ग्रिगोर दिमित्रोभले वर्षको अन्तिम टेनिस प्रतियोगिता एटिपी फाइनल्सको उपाधि जितेका छन् ।आइतबार राती भएको फाइनलमा बेल्जियमका डेभिड गोफिनलाई हराउँदै दिमित्रोभले उपाधि जितेका हुन् ।गोफिन विरुद्धको खेल दिमित्रोभले ७(५, ४(६ र ६(३ को सेटमा जिते ।योसँगै छैटौं वरियताका दिमित्रोभ एटिपी फाइनल्सको डेब्यु प्रतियोगितामै उपाधि जित्ने पछिल्लो १९ वर्षयताका पहिलो खेलाडी बनेका छन् ।यसपटक शीर्ष खेलाडीहरु एण्डी मरे र नोभाक जोकोभिचले चोटका काराण प्रतियोगिता गुमाएका थिए भने राफाईल नदालले पनि शारिरिक समस्याका कारण बिचमै प्रतियोगिता छाड्नुपरेको थियो ।अर्का उपाधि दावेदार रोजर फेडेरर सेमिफाइनलमै पराजित भएका थिए ।

Share.

Leave A Reply