play_circle_outline On Air

गृह बाटिका

play_circle_outline On Air

गृह बाटिका

देशभरको एमाले चुनावी कार्यक्रम एक घण्टाका लागि स्थगित

0

३ मंसिर, नेकपा एमालेले माओवादी अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहालको असामयिक निधनबाट पार्टी स्तब्ध भएको भन्दै आज  एक घण्टा देशभरका चुनावी कार्यक्रम स्थगित गरेको छ ।केन्द्रीय निर्वाचन परिचालन कमिटीका प्रवक्ता विष्णु रिमालले विज्ञप्ति जारी गर्दै अपरान्ह २ देखि ३ बजेसम्म देशभरका सबै कार्यक्रम स्थगित भएको जनाएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले झापामै रहेका माओवादी अध्यक्ष प्रचण्डलाई चुनावी अभियानबाट काठमाडौंका लागि बिदाइ गरेको एमालेले जनाएको छ ।एमालेले प्रचण्ड परिवारमा परेको बज्रपातप्रति समवेदना प्रकट गरेको छ ।

Share.

Leave A Reply