play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

भरतपुर अस्पतालका विरामीहरुलाई फलफुल वितरण कार्यक्रम सम्पन्न

0

मङ्सिर ३, चित्रवन बचत तथा ऋण सहकारी संस्था लि.को बार्षिक कार्यक्रम अनुसार संस्थाको २१ औँ स्थापना दिवसको अवसरमा “फलफुल वितरण कार्यक्रम” संस्थाको अध्यक्ष श्री भुनव आचार्यको अध्यक्षता सम्पन्न भएको छ । उक्त कार्यक्रममा भरतपुर अस्पतालमा रहेका प्रसुती वार्ड र जेष्ठ नागरीक वार्डमा रहेका १४९ विरामीहरुलाई फलफुल वितरण गरीएको थियो । कार्यक्रममा प्रमूख अतिथि भरतपुर अस्पतालका नर्सिङ्ग  प्रमूख श्री सरिता कार्कीले नेपालमा केहि सहकारी संस्थाहरुले गरेका थुप्रै नराम्रा कार्यहरुले गर्द राम्रा कार्यगर्ने चित्रवन सहकारी जस्ता सहकारीहरु ओजेलमा पर्ने गरेको बताउनुभयो साथै आउदै गरेको बार्षिक स्थापना दिवसको साप्ताहिक कार्यक्रमको शुभकामना व्यक्त गर्नुभयो । सो कार्यक्रममा सञ्चालक समिति, लेखा समिति, शिक्षा उप समिति, विभिन्न उप–समितिका साथिहरु र कर्मचारी मित्रहरुको सहभागीतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Share.

Leave A Reply