play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

स्वदेश फर्कियो किशोर टोली

0

मंसिर २, मलेसियामा जारी एसिसि अण्डर १९ एसियाकप क्रिकेटमा सहभागी नेपाली किशोर टोली आज स्वदेश फर्किएको छ । टोली नेपाल एयरलायन्सको नियमित उडान मार्फत बिहान साढे १० बजे काठमाण्डौ आईपुगेको नेपाली टोलीका टिम म्यानेजर रमन सिवाकोटीले जानकारी दिनुभयो । एसियाकप क्रिकेट अन्र्तगत समुहचरणमा सनसनीपुर्ण प्रर्दशन गरेको नेपालले सेमिफाईनलमा भने आशातित् प्रर्दशन गर्न नसक्दा हिजो अफगानिस्तानसंग ७ विकेटको पराजय भोगेको थियो । टेष्ट खेल्ने ५ सहित ८ राष्ट्र सहभागि प्रतियोगीतामा नेपालले सेमिफाईनल यात्रा तय गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेको थियो । यसक्रममा ईण्डिया र मलेसियालाई पराजित गर्दा बंगलादेशबिरुद्ध नेपाली किशोर टोलीले शानदार खेल प्रर्दशन गरेको थियो । जारी प्रतियोगीतामा अफगानिस्तान र पाकिस्तान फाईनलमा प्रबेश गरेका छन् । उपाधि भिडन्त भोली क्वालालाम्पुर स्थित किनरारा ओभल क्रिकेट मैदानमा हुनेछ ।

Share.

Leave A Reply