play_circle_outline On Air

गृह बाटिका

play_circle_outline On Air

गृह बाटिका

लेवनानका प्रधानमन्त्री हरीरी साउदीबाट फ्रान्स प्रस्थान

0

मंसिर ०२,
लेवनानका प्रधानमन्त्री शाद हरीरी साउदी अरबबाट फ्रान्स पुगेका छन् । प्रधानमन्त्री हरीरी आज बिहान पेरिसको ले बर्गेट विमानस्थलका लागि प्रस्थान गर्नुभएको साउदीको फ्युचर टिभिलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । असअघि प्रधानमन्त्री हरीरीले ट्वीटरमार्फत आफू खाडी देशमै रहेको बताउनुभएको थियो ।
बुधबार फ्रान्सका राष्ट्रपति इमानुअल म्याक्रोनले साउदीका राजकुमार मोहमद वीन सलामलाई टेलिफोन गरी हरीरीलाई उहाँको परिवारसहित फ्रान्समा पठाइदिन अनुरोध गरिएको बताउनुभएको थियो ।
उता जर्मनका विदेशमन्त्रीले साउदीमा हरीरीलाई ईच्छाविपरित राखिएको भन्दै टिप्पणी गरेलगत्तै साउदी अरेवियाले जर्मनका आफ्ना राजदूतलाई बोलाई त्यसविषयमा छलफल गर्ने भएको छ । साउदी अरेवियाको समाचार एजेन्सि एसपिएले जनाएअनुसार जर्मन विदेशमन्त्रीको यस्तो टिप्पणिविरुद्ध साउदीले यसलाई पत्रमार्फत स्पष्ट पार्नेछ ।
प्रधानमन्त्री हरीरीले ईरानबाट आफूलाई खतरा रहेको भन्दै रियाद भ्रमणका क्रममा नोवेम्बर ४ मा पदबाट राजीनामा दिनुभएको थियो । तर उहाँको राजीनामा स्वीकृत भने भएको छैन । लेवनानका राष्ट्रपति मिचेल अउनले प्रधानमन्त्री स्वदेश नर्फ्किएसम्म राजीनामा स्वीकृत नगर्ने बताउनुभएको छ ।

Share.

Leave A Reply