मङ्सिर १ । खैरहनी नगरपालिकालाई शुक्रवार पूर्णखोप युक्त नगर घोषणा गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका सभापति कृष्णकुमार डल्लाकोटीले खैरहनी नगरपालिकालाई पूर्ण खोप युक्त नगर घोषणा गरेका हुन । नगर भित्रका १२ महिनादेिख २३ महिना उमेर समुहका ८३३ जना वालवालिकाले पूर्ण रुपमा खोप पाएको सुनिश्चित गरी नगरलाई पूर्ण खोप घोषणा गरिएको उपमेयर सुनिता थपलियाले जानकारी दिईन । कार्यक्रमका प्रमुख अतिथि डल्लाकोटीले खैरहनी नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत पुरुषोतम शर्मालाई पूर्ण खोपको प्रमाणपत्र हस्तान्तरण गरेका थिए । नगरपालिका भित्र रहेका वालवालिकालाई नेपाल सरकारको तालिका अनुसार सम्पुर्ण खोप लगाईएपछि नगरलाई पूर्ण खोपयुक्त घोषणा गरिएको खैरहनी नगरपालिकाको स्वास्थ्य ईकाईका संयोजक माया पाण्डेले जानकारी दिईन् ।
खैरहनी प्राथमिक स्वास्थ्य केन्द्र,कठार स्वास्थ्य चौकी,कुमरोज स्वास्थ्य चौकी र चैनपुर स्वास्थ्य चौकी अन्र्तगतका सेवा क्षेत्रबाट तथ्यांक लिईएको थियो । खैरहनी नगरपालिकाका प्रमुख लालमणि चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका वरिष्ठ जनस्वास्थ्य प्रसासक विजयकुमार झाले स्वास्थ्य समाज निर्माणका लागि खोप निरन्तर हुनु पर्ने औल्याए । सरकारले सन् २०१७ भित्र देशलाई पूर्ण खोपयुक्त घोषणा गर्ने लक्ष्य लिएपनि हाल सम्म २९ वटा मात्रै जिल्ला घोषणा भएको र त्यसमा चितवन धेरै पछि रहेको झाले वताए । सरकारको लक्ष्य अनुसार वाँकी नगरपालिका,महानगरपालिका र गाउँपालिकामा तीव्र रुपमा काम गर्नु पर्ने वताए । खैरहनी नगरपालिकालाई पूर्ण खोपयुक्त घोषणा गर्न महत्वपुर्ण योगदान पुर्याउने महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई ,खोप कार्यकर्ता र स्वास्थ्य चौकीलाई सम्मान गरिएको स्वास्थ्य ईकाईका रुद्र शर्माले जानकारी दिए ।
खैरहनी नगरपालिकालाई पूर्णखोप युक्त नगर घोषणा
0
Share.