मङ्सिर १। आसन्न प्रतिनिधि र प्रदेससभाको निर्वाचनलाई मध्य नजर गदै नेपाली काग्रेसले घर दैलो तथा कार्यकर्ता भेला कार्यक्रमलाई तिव्रता दिएको छ । शुक्रबार रत्ननगर बडा न १२ अन्तगर्त शिवालय मन्दिर परिसरमा कार्यकर्ता भेलाको आयोजना गरेको छ । कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्यका उमेदवार राजेन्द्र बुर्लाकोटले साम्यबादीको अन्त्यका लागि एकमात्र विकल्प प्रजातान्त्रिक पद्धती भएकाले नेपाली काँग्रेसले कुनै हालतमा जित्नै पर्ने बताए । साम्यवादी समाज भनेको एउटा मात्र सिद्धान्त र पार्टीलाई करबलै मान्नुपर्ने कठोर शासन ब्यवस्था भएकाले पनि यस्तो ब्यवस्थाको नेपाली जनताले ठाडै अस्वीकार गर्ने बताए । त्यसै गरी बिशिष्ट अतिथि प्रदेशसभा उमेदवार उत्तम आचार्यले लोकतन्त्रको रक्षाका लागि काँग्रेस कुनै हालतमा बिजयी हुने बताए ।
उनले जनताद्धारा जनताको रक्षाका लागि जनता आफैले शासन गर्ने पद्धती नै लोकतन्त्र भएको भन्दै लोकतन्त्रको पक्षमा सारा देश उर्लिएको बताए । मानविय चाहना,मुल्य र पहिचानको उच्चतम सम्बोधन र सम्मान लोकतन्त्रले गर्ने हँुदा सवै मतदाता सँग आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई अत्यधिक मतले बिजयी गराउन आग्रह गरे । कार्यक्रममा बडा सयोजक श्रीकृष्ण घिमिरेको अध्यक्षतामा भएको थियो । यसैबीच रत्ननगर बडा न १२ को प्रचार प्रसार कार्यालयको समुदघाटन गरिएको छ । जिल्ला कार्यबाहक सभापति कैलास कोइरालाको सभापति र जिल्ला सचिव उत्तम आचार्यको प्रमुख आतित्थ्यता सो कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै कोइरालाले आफना उमेदवारलाई बिजयी गराउन सवै आआफनो क्षेत्रबाट लाग्नुपर्नेमा जोड दिए ।
रत्ननगरमा काँग्रेसको घरदैलो
0
Share.