play_circle_outline On Air

टप टेन

play_circle_outline On Air

टप टेन

नेपाल पराजयको नजिक, वर्षाका कारण खेल अवरुद्ध

0

मंसिर १, एसीसी यू–१९ एसिया कपको सेमिफाइनलमा नेपालविरुद्ध जीतका लागि अफगानिस्तानलाई १० रन आवश्यक हुँदा वर्षाका कारण खेल अवरुद्ध भएको छ ।नेपालले प्रस्तुत गरेको १०४ रनको झिनो लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानले मात्र १ विकेट गुमाउँदै १८ ओभरमा ९४ रन बनाइसकेको छ ।अफगानिस्तानका लागि रहमानुल्लाह गुरबाजले सर्वाधिक ६९ रन बनाएर नटआउट रहेका छन् । उनले यसक्रममा ९ चौका र २ छक्का हिर्काएका छन् । त्यस्तै इकराम अली खिलले १८ रन बनाएर खेलिरहेका छन् ।यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ब्याटिङमा निकै निरिह प्रदर्शन गरेको थियो ।
अनिल कुमार साहले ५० रन बनाउन बाहेक अन्य कुनै खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।साहले ५७ बलमा ७ चौका र १ छक्कासहित आफ्नो अर्धशतक पूरा गरेका थिए । तर, उनी पनि अर्धशतक पूरा गर्ने बित्तिकै मुजिब उर रहमानको बलमा आउट हुन पुगे ।रहमानले ६ विकेट लिँदै नेपालको ब्याटिङक्रम ध्वस्त बनाए । उनले १० ओभर बलिङ गर्दै २ मेडेनसहित २८ रन खर्चेर ६ विकेट लिए । काइस अहमद कमावालले २ विकेट लिए ।नेपालले निकै खराब शुरुवात गरेको थियो । ९ रनको अवस्थामा नै नेपालले आफ्ना दुई ओपनर गुमाएको थियो । एक तर्फ साहले नेपालको इनिङलाई जोगाई राखे पनि अर्कोतर्फ निरन्तर रुपमा विकेट गुमाइराख्यो ।अन्ततः मात्र २८ ओभरमा नेपाल १०३ रन बनाउँदै अल आउट हुन पुग्यो ।

Share.

Leave A Reply