play_circle_outline On Air

टप टेन

play_circle_outline On Air

टप टेन

पाकिस्तान यु–१९ एसिया कप क्रिकेटको फाईनलमा प्रवेश

0

कार्तिक ३०,
पाकिस्तान १९ वर्ष मुनीको एसिया कप क्रिकेटको फाईनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाईनलमा पाकिस्तानले वंगलादेशलाई २ रनले पराजित गरेको हो । खेल पुरा नहुँदै पानी परेर अवरुद्ध भएपछि खेलको नतिजा डी एल तरिकाबाट लिईएको थियो । टस जितेर पाकिस्तानले पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २ सय ७४ रन बनाएको थियो । २ सय ७५ रनको लक्ष्य लिएर मैदान उत्रिएको पाकिस्तानले ३९ ओभरमा ५ विकेट गुमाएर १९९ रन बनाउँदा पानी परेपछि खेलमो निर्णय डी एल तरिकाबाट लिईएको थियो ।
पाकिस्तान समूह ‘ए’ को उपविजेता टोली हो भने बंगलादेश समुह ‘बी’ को विजेता हो । यो समूहको उपविजेता नेपालले भोली हुने दोस्रो सेमिफाइनलमा अफ्गानिस्तानको सामना गर्नेछ ।

Share.

Leave A Reply