play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

वामपन्थीको सरकारबाट राष्ट्रियताको रक्षा र देशको विकास सम्भव रहेको प्रचण्डको दाबी

0

कात्तिक २९ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्युनिष्ट आन्दोलन ऐतिहासिक मोडमा आएको र अब छिट्टै एउटै शक्तिशाली कम्युनिष्ट पार्टी बन्ने बताएका छन् ।नेपाल लोकतान्त्रिक दराई संघ तथा दरै राष्ट्रिय मुक्ति मोर्चाद्वारा आज भरतपुरमा आयोजित संयुक्त कार्यक्रमलाई सम्बोधन गर्दे उनले कम्युनिष्टले मात्र सम्पूर्ण शोषित–उत्पीडित समुदायको हित र अधिकारको रक्षा र प्रवद्र्धन गर्ने तथा वामपन्थीको शक्तिशाली सरकारले मात्र राष्ट्रियताको रक्षा र देशको विकास सम्भव भएको जिकिर गरे ।
चितवन निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार दाहालले नेपालको परिवर्तनकारी आन्दोलनमा दराई समुदायको र विशिष्ट भूमिका रहेको बताउँदै अब सबै उत्पीडित समुदायको सपना साकार हुने दिन छिट्टै आउने विश्वास व्यक्त गरे ।सो अवसरमा समानुपातिक उम्मेदवार मंगलराम दराई, पूर्वसभासद् सन्तुराम दराईलगायत अगुवाले वाम गठबन्धनका उम्मेदवारलाई मतदान गरी विजयी गराउन आह्वान गरे ।

Share.

Leave A Reply