play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

अफगानिस्तानसँगको सेमिफाइनल खेल सहज नहुने बिनोद दासको भनाइ

0

कात्तिक २९ – उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेटको सेमिफाइनलमा पुगेपछि  नेपाली टिमका प्रशिक्षक बिनोद दासले निकै राम्रो खेल प्रस्तुत गरेर सेमिफाइनलसम्म पुग्नु ठूलो उपलब्धी भएको बताउनुभएको छ । अफगानिस्तानसँगको सेमिफाइनल खेल सहज नहुने पनि उनले बताउनुभयो ।उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेट अन्तर्गत हिजो भएको खेलमा नेपालले मलेसियालाई साथै बंगलादेशले भारतलाई पराजित गरेपछि सेमिफाइनल समीकरण पूरा भएको हो ।
समूह ‘ए’ बाट नेपाल र बंगलादेश साथै समूह ‘बी’ बाट अफगानिस्तान र पाकिस्तान सेमिफाइनलमा पुगेका छन् । समूह ‘ए’ को उपविजेता नेपालले समूह ‘बी’ को विजेता अफगानिस्तानसँग आउँदो शुक्रबार खेल्नेछ । हिजो नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको हो । यसअघि नेपालले आइतबार भारतलाई पराजित गरेको थियो । हिजो नै बंगलादेशसँग ८ विकेटले पराजित भएपछि डिफेन्डिङ च्याम्पियन भारत समूह चरणबाटै बाहिरिएको छ ।

Share.

Leave A Reply