play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

माओवादी केन्द्रका अध्यक्ष‘प्रचण्ड’द्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

0

कात्तिक २९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् ।चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका माओवादी केन्द्रका अध्यक्ष दाहालले पत्रकार सम्मेलन गरी प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।उनले चितवनका सातै वटा स्थानीय तह एकीकरण गरी ‘चितवन मेट्रो सिटी’ बनाउने योजनासहितको विकास र समृद्धिको खाका सार्वजनिक गरेका हुन् ।
दाहालको प्रतिबद्धतापत्रमा आवास र रोजगारीको प्रत्याभूति गरिने, चितवनलाई औद्योगिक नगरी मनाइने, चितवनलाई मेडिकल राजधानीको रुपमा विकास गर्नेलगायतका विषय उल्लेख छन् ।उनले आफूले सार्वजनिक गरेको प्रतिबद्धतापत्र महत्वाकांक्षी देखिए पनि सबै पूरा गर्ने बताए ।

Share.

Leave A Reply