play_circle_outline On Air

अजरमर

play_circle_outline On Air

अजरमर

डेनमार्क विश्वकप फुबटलका लागि छनोट

0

कार्तिक २९ । रिपब्लिक अफ आयरल्याण्डलाई हराउँदै डेनमार्क अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनोट भएको छ ।

युरोपेली समुहको अन्तिम प्ले अफ् खेलमा गएराति डेनमार्कले रिपब्लिक अफ आयरल्याण्डलाई ५(१ ले हरायो ।पहिलो लेगमा गोलरहित बराबरी खेलेको डेनमार्कले हिजो आयरल्याण्डमै भएको खेलमा भने सनसनीपूर्ण प्रदर्शन गर्दै ५(१ को जित निकालेको हो ।खेलमा डेनमार्कलाई विजयी गराउन क्रिश्चियन एरिक्सनले ह्याट्रिक गरे । गएरातिको खेलसँगै विश्वकप फुटबलका लागि युरोपबाट छानिने सबै १४ टोलीको टुंगो लागेको छ ।विश्वकपमा सहभागि ३२ मध्ये अहिलेसम्म ३० टोलीको छनोट भइसकेको छ । अब दुई वटा अन्तरमहादेशीय प्ले अफ् खेलहरु बाँकी छन् ।पेरु र न्यूजिल्याण्ड तथा होण्डुरस र अष्ट्रेलियाबीचका दुई विजेता राष्ट्रले रुसको टिकट काट्नेछन् ।

Share.

Leave A Reply