play_circle_outline On Air

उहिलेका कुरा

play_circle_outline On Air

उहिलेका कुरा

उमेद्वारद्वारा देबघाटका बृद्धबृद्धाको आशिर्बाद लिएर चुनाबि घरदैलो सुरु

0

२८ कार्तिक, नेपाली काँग्रेस चितवन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यहरुले आज पबित्र तिर्थस्थल देबघाटधामबाट घरदैलो अभियान सुरु गर्नु भएको छ । शिक्षा राज्यमन्त्री एबं प्रतिनिधि सभा सदस्यका उम्मेदवार शेषनाथ अधिकारी र प्रदेश सभा सदस्य उम्मेदवार जितनारायण श्रेष्ठले देबघाट स्थित लक्ष्मिनारायण मन्दीरमा पुजा गरि घरदैलो अभियान सुरु गर्नु भएको हो ।भरतपुर महानगरपालिका वडा नम्बर १ स्थित देबघामा रहेका बृद्धबृद्धाहरुको आर्शिबाद लिदै घरदैलो अभियान सुरु गरिएको शिक्षा राज्यमन्त्री अधिकारीले बताउनु भयो । सो क्षेत्रमा घरदैलोमा जाँदा स्थानिय बासिन्दाहरुले बाँदरको आतङ्क नियन्त्रण गर्न आग्रह गरेका छन् । अहिले बाँदरका कारण जनताले शास्ति पाएको भन्दै उनीहरुले उम्मेदवारहरु संग बाँदर नियन्त्रणका लागि पहल गर्न माग गरेका हुन ।
घर दैलो कार्यक्रमपछि बोल्दै मन्त्री अधिकारीले देबघाटलाई धार्मिक पर्यटनको रुपमा बिकास गर्न सकिने बताउनु भयो । देबघाटको बेणि संगमलाई धार्मिक रुपले महत्वका साथ हेरिने गरेकाले यसलाई धाार्मिक पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्न सकिने अधिकारीले बताउनु भयो । धार्मिक क्षेत्रको रुपमा रहेको यस क्षेत्रलाई पर्यटन संग जोडेर बिकासका पूर्बाधारहरु थप गर्न सकिने उहाँले बताउनु भयो ।सो अबसरमा बोल्दै प्रदेश सभा सदस्यका उम्मेदवार नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले बाँदर नियन्त्रणका लागि देबघाट क्षेत्र बिकास समिति संग समन्वय गर्दै अघि बढ्ने बताउनु भयो । जनताको माग सम्बोधन गर्नकालागि काँग्रेसले जित्नु आबश्यक रहेको उहाँले बताउनु भयो । घरदैलो कार्यक्रमका रुपमा मन्त्री अधिकारी सहित आज भरतपुरको वडा नम्बर १ देबघाट, पोखरा बसपार्क र रामनगरमा घरदैलो कार्यक्रम सम्पन्न गरिएको छ ।

Share.

Leave A Reply