play_circle_outline On Air

शैक्षिक डबली

play_circle_outline On Air

शैक्षिक डबली

नवलपरासीमा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चारजनाको मृत्यु

0

कात्तिक २८ । नवलपरासीमा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चारजनाको मृत्यु भएको छ ।बुटवल–नारायणगढ सडकखन्डको सुनवलस्थित बडेरामा भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।बर्दघाटबाट बुटवलतर्फ जाँदै गरेको माइक्रोबसले विपरीत दिशाबाट आउँदै गरेको स्कुटीलाई ठक्कर दिँदा चालक रुकुम, मुसिकोट नगरपालिका–१३ बस्ने विजय केसी र पछाडि बस्ने अन्दाजी २६ वर्षीया युवतीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, भूमही–परासी सडकखन्डको रानीपाकडमा नम्बर खुल्न नसकेको जिपले ठक्कर दिँदा पैदलयात्री सुनवल–१२ भूमही बस्ने ६५ वर्षीया गंगा पाण्डेको मृत्यु भएको छ ।यस्तै, परासी–सुनवल खन्डको स्वाठीमा टिपरले विपरीत दिशाबाट साइकलमा आउँदै गरेका भाव सुवेदीलाई ठक्कर दिँदा सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Share.

Leave A Reply