कार्तिक २८ , माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले मतदातालाई किन्न खाेज्नेहरुकाे पैसा कब्जा गर्न युवाहरुलाई निर्देशन दिएका छन।
आज भरतपुर-१७ काे हरैया चाेकमा अायाेजित काेण सभालार्इ सम्बोधन गर्दै प्रचण्डले भने,’जनमतबाट अत्तालिएकाहरु जनतालाई पैसामा किन्न खाेज्दैछन। जनता महिला, दलित, गरिब, युवा र सम्पूर्ण जनतालाई पैसामा किन्न खाेज्छ, तिनीहरु सामन्त हुन्, राष्ट्रकाे धन लुटेर देशमा भ्रष्टाचार बढाउने मान्छे हुन्। जनतालाई खसी बाेका ठान्नेहरु नेता हुन सक्दैनन्। तिनीहरुकाे पैसा कब्जा गर्नुस्’ प्रचण्डले भने, ‘मैले १० महिनाकाे प्रधानमन्त्री कालमा जुन काम गरें, त्याे विकास र समृद्धिप्रतिकै संकल्प हाे। अार्थिक समृद्धि र समाजवाद बाहेक अर्काे कुनै सपना छैन।’
मंगलबार बिहान नै प्रचण्डले डेरीचाेकमा बाम गठबन्धनकाे सम्पर्क कार्यालयकाे उद्घाटन गर्नुभयाे। हरैयाचाेककाे कार्यक्रममा राप्रपा परित्याग गरि ७० जना कार्यकर्ता माअाेवादी केन्द्रमा प्रवेश गरेका छन्। यसरी नै शिबनगरमा अायाेजित एक कार्यक्रममा राप्रपाका ३३ कार्यकर्ता माअाेवादीमा प्रवेश गरेका छन्।